बाँस्कोटाको घरमा बम विष्फोट गराएको आरोपमा तीन जना पक्राउ

चैत्र ७, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित निवासमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार (भिसेक गिरी) र कैलालीका अमृत कुमाल रहेका छन् । प्रहरलिे उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट गरिएको जनाएको छ ।
गत २८ फागुनमा बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बम बिस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

आज पत्रकारसम्मेलनमार्फत् उनीहरुलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
विस्फोटबाट बाँस्कोटाको घरसहित तीनजना छिमेकीको घरमासमेत क्षति पुगेको थियो ।
विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम बम विष्फोट गराएको जनाएको थियो ।








