फेरि सर्यो दयाहाङको ‘नीरफूल’ को प्रदर्शन मिति

फागुन १९, काठमाडौँ ।  यही फागुन ३० गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘नीरफूल’ को फेरि प्रदर्शन मिति सारिएको छ ।   

‘नीरफूल’को प्रदर्शन मिति सारेर आउँदो चैत्र ७ गते बनाइएकाे हो ।  यस अघि पनी फागुन २३ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रको मिति सारिएर फागुन ३० मा पुर्याइएको थियो ।   

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको भूमिका रहेको छ ।   

निर्देशक  वलले आफ्नो मात्र होयन सबैको राम्रोका लागि आफुले फिलम सारेको बताउँदै उनले भने  ‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’,  ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ ।’ 

चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।  चलचित्रको ट्रेलर भने मंगलबार सार्वजनिक हुँदैछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =