एसईईलगायतका सबै परीक्षा स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको प्रकोप रोकथाम तथा तथा नियन्त्रणका लागि बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समन्वय समितिले एसईई लगायतका सबै परीक्षा हालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।   

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो। 

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो। 

यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =