आज साताको पहिलो दिन सुनको भाउ ह्वातै बढ्यो

फाेटाेः गुगल 

चैत्र ७, काठमाडौँ । साताको अन्तिम शुक्रबार तोलामा  ५ सय रुपैयाँ बृद्धी भएको सुनको भाउ  आज साताको पहिलो दिन आईतबार तोलामा १ हजार रुपैयाँ बृद्धी भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

शुक्रबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज  प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी महासंघका अनुसार शुक्रबार प्रतितोला ७५ हजार २ सय रूपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७६ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।  

Image result for सुनको भाउ ह्वातै बढ्यो

आईतबार चाँदीको मूल्यमा पनि तोलामा २० बढेको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बिक्री बितरण भएको चाँदी आज प्रतितोला ७ सय २० रुपैयाँले कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =