सेनिटाइजर घरमै बनाउन सकिनेबारे जानकारी

चैत्र, ४ विराटनगर । कोरोना भाईरस (कोभिड– १९) संक्रमणको चौतर्फि हल्लासँगै विराटनगरका औषधी पसल देखि अस्पतालसम्म सेनिटाइजरको चरम अभाव छ ।
सोही अभावलाई मध्यनजर गर्दै विराटनगरका युवा अभियानकर्मी मिलेर सेनिटाइजर आफ्नै घरमा बनाउन सकिने जानकारी गराएका छन् । पेरिस सुवेदीको नेतृत्वमा मंगलबार सम्पूर्ण आमसर्वसारणलाई सेनिटाइजर कसरी बनाउने भन्ने विषयमा जानकारी गराएको हो ।
विराटनगरस्थित मेनरोडमा स्थानिय युवा, जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टर साथै वडा प्रहरी कार्यालय मोरङको सहकार्यमा जानकारी मूलक कार्यक्रमको आयोजना गरिएको हो । बजारमा मास्क र सेनिटाइजर अभाव भएकाले हामी आम जनता कोरोना भाईरस संक्रमणबाट बँच्न साथै आम जनतालाई सचेत गराउने उद्देश्यले जानकारी मूलक कार्यक्रमको आयोजना गरेको पेरिस सुवेदीले बताए । उनको अनुसार डा. कृष्ण पौडेलको सल्लाह बोमोजिम उक्त सेनिटाइजर उत्पादन गरेको हो ।

जसमा स्प्रिट बी.पी ४ सय एम एल र गिलसरीन यूएसपी एक सय एम एल मिलाएर सेनिटाइजर बनाइएको उनले जानकारी दिए । विक्रि गर्ने उद्देश्यले नभएर जनता माझ सेनिटाइजर के हो र कसरी बनाउने साथै संक्रमणबाट कसरी बच्ने भन्ने कार्यक्रमको उद्देश्य रहेको सुवेदिको भनाई छ ।
त्यस्तै आमसर्वसाधरण जनताको स्वास्थ्यको हितका लागि युवाहरुसँग वडा प्रहरी कार्यालयले पनि सहकार्य गरेको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बताए ।
गौतमको अनुसार आम जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले पनि सहकार्य जरुरी रहेको हो । त्यस्तै जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर फडिन्द्र शाहले माहामारीको रुपमा फैलिएको कारोना भाइरसबाट समाज कसरी स्वस्थ्य रहने साथै आफु कसरी स्वस्थ्य रहने भन्ने हिसाबले जनरल अस्पतालले सहकार्य गरेको बताए ।
उनको अनुसर सकेसम्म भिडभाडमा बस्ने, हलका ज्वरो, रुघाखोकी लागेको जस्तो भए सचेत रहने साथै आफुले आफैलाई सचेत राख्ने बताए ।








