सनराइज बैंकले नेपाली सेनालाई दियो पीपीई

चैत्र १८, काठमाडौं । सामाजिक उत्तरदायित्व वहन गर्दै सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पीपीई उपकरण दिएको हो ।   

मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई सैनिक स्वास्थ्य महानिर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के।सीलाई हस्तान्तरण गरे ।   

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।   

कार्यक्रममा महानिर्देशक, सहायक रथी डा. के. सीले सनराइज बैंकद्घारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका सराहनीय रहेको बताए ।   

बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको पनि जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *