कोरोना भाइरस प्रभाव : सबै प्रकारका खेलकुद आयोजनाहरु स्थगित

फागुन २२, काठमाडौं । राष्ट्रिय खुलकुद परिषदले खुलकुद आयोजनाहरु स्थगित गर्न निर्देशन दिएको छ । बुधबार बसेको परिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही कोरोना भाइरसको संक्रमण बाट बच्न अब हुने सबै प्रकारका खेलकुद आयोजनाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित निर्देशन दिएको हो ।   

बुधबार युवा तथा खेलकुद मन्त्रीकोे अध्यक्षतामा हालै मात्र व्याप्त कोभिड १९ (नोभल कोरोना भाईरस) ले पार्ने प्रभाव एवं जोखिमलाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा बैठक बसको थियो ।   

हालको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सिमा भित्र रही युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले सम्पूर्ण खेल संघ,संस्थाहरु तथा सरोकारवालाहरुलाई सोही अनुरुप गर्न गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा समेत निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।   

null

राष्ट्रिय खेलकुद परिषदले उक्त नोभल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिल स्थलहरु गोष्ठी, सेमिनार, पाटी, मेला, सपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतलाई लिएको छ ।   

परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका सबै कार्यक्रमहरु स्थगित विज्ञप्तिमा भनिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =