दयाहाङको ‘दुई नम्बरी’ को छायाँकन सुरु

फागुन २९, काठमाडौँ । दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘दुई नम्बरी’को छायाँकन सुरु गरिएको छ ।   

बिहिबार पोखराबाट चलचित्रको छायाँकन सुरु गरिएको हो ।  ३५ दिनको छायाँकन सेडुल भएको यस चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा नै हुने  चलचित्रका निर्माणपक्षले जानकारी दिएका छन् ।   

चलचित्रका मुख्य पात्र  नायक दयाहाङ राई र नायिका उगेन छोदेनले चलचित्रको पहिलो टेक दिएका हुन् ।  चैत्र ५ गतेबाट भने चलचित्रका  मुख्य पात्र अन्य दुई कलाकार नायक पल शाह र नायिका वर्षा राउत छायाँकनमा जोडिनेछन् । 

२ साथीको मित्रताको कथामा आधारित यस चलचित्रको प्रदर्शन मिति भने आगामी वर्षको जनै पूर्णिमालाई तय गरिएको  छ ।   

रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले चलचित्रलाई निर्माण गरेका हुन् ।  रत्न श्रेष्ठ  कार्यकारी निर्माता रहेको यस चलचित्रमा  प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =