छोराले क्रिकेट ब्याट भाँच्दा आमामाथि एसिड प्रहार

फाेटाे स्राेतः गुगल 

फागुन २५, बुटवल । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ मा छोराले  क्रिकेट ब्याट भाँच्दा उनको आमामाथि एसिड प्रहार गरिएको छ ।   

स्थानिय बेममति देवी गुप्ताका छोराले सोही स्थानका हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि क्षतिपूर्ति स्वरुप पैसा दिने क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो । 

Image result for एसिड प्रहार

विवादले उग्ररुप लिएपछी  ब्याट्रीको पसल सञ्चालन गर्दै आएका बरईले गएराती बेममतिककै घर पुगेर उनीमाथी एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।  एसिड प्रहारबाट गम्भिर घाइते बनेकी  बेममतिको कपिलवस्तु जिल्ला अस्पतालमा  उपचार  पश्चात भैरहवा थप उपचारको लागि पठाईएको छ ।   

घटनापछी पक्राउ परेका बरईको साथबाट  ५ लिटर एसिडसमेत फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशमशेर राणाका अनुसार  हाल बरईमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *