बैंक अफ काठमाण्डूका ग्राहकलाई क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट
२०७६ फागुन २१ गते

फागुन २१, काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी मा १० प्रतिशत छुट दिइने भएको छ ।
काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरेका छन् ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








