मालिका सामुदायिक वनको ३ बर्ष सम्म पनि समिति चयन हुन सकेन

फागुन २१, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ बचैलाको मालिका सामुदायिक वन उपभोक्ता समितिको हस्तान्तरण पछिको दोस्रो साधारणसभा उदघाटन भएको ३ बर्ष बितिसक्दा पनि नयाँ नेतृत्व छनौट हुन सकेको छैन ।
उक्त सामुदायिक वन संरक्षन गरेको २ दशक बितिसक्दा पनि सामुदायिक वनले गति लिन नसक्दा बन तीब्र रूपमा बिनास भै खुल्ला चौरमा परिणत भएको छ । यता सरोकारवाला पक्ष भने मुख दर्शक भएर बसिरहेको सर्वसाधरण उपभोक्ताको गुनासो रहेको छ ।
२०७३ साल चैत्र १५ गते बोलाएको साधारण सभा बन्द शत्रबाट नयाँ नेतृत्व छनौटमा राजनीति तरंग फैलिएको थियो । नेकपा र नेपाली काङ्ग्रेस का स्थानीय जिम्मेवार नेताहरुले आफू अनुकूल को र आफ्नो गुट र आफ्नो इशारामा चल्ने नेतृत्व छनौट गर्न खोज्दा नै अर्काले अर्को पक्षलाई समर्थन नगर्दा समुदाय वन बीच भाडभैलो मच्चाउने मात्र भएको छ । बिगतका कार्यसमिति ले वन संरक्षनका बाहाना लाखौं रुपैयाँ हिनामिना समेत गर्दै आएका छन् ।

सार्वजनिक सम्पत्ति हिनामिना गर्ने दोषीलाई कारवाहीका पटक पटक आवाज उठाउने गरेपनि सम्बन्धित पक्षबाट बेवास्ता हुँदा अख्तियार सम्म निवेदन पुगेका छन् । समयमै वनको नयाँ नेतृत्व छनौट नहुँदा सामुदायिक वनका बार्षिक कार्ययोजना समेत अलपत्र परेको सब डिभिजन वन कार्यलय बौनियाका सहायक वन अधिकृत कृष्ण बहादुर बोहराले बताए ।
वडा भित्रको संघ सस्थाहरुको क्रियाशिलता, पार्दशिता, नियमित समुदायको हित सेवा प्रवाह भए नभए रेखदेख गर्ने जिम्मेवारी स्थानीय वडा कार्यलयले गर्न नसकेको वडा बासीहरुको गुनासो छ ।
नेकपाबाट निर्वाचन जनप्रतिनिधि र उनीहरुको निकट पक्षले पटक पटक जुटेको सहमतिलाई समर्थन नगर्दा छनौट प्रक्रिया लम्बिएको र सहमतिको बातावरण बिग्रेको निर्वाचन समितिका संयोजक भर्द भण्डारीले बताए ।
सबैलाई स्वीकार हुने गरि सबैलाई समटेर नयाँ नेतृत्व छनौट गर्नुपर्ने नेपाली काँग्रेसका बिनि प्रशाद जैसीले बताए । सबैलाई मान्य हुने गरि ईमानदार र सक्षम नेतृत्व सर्वसहमतबाट छनौट गर्ने प्रयास लागि रहेको नेकपा नगर कमिटिका अध्यक्ष महेन्द्र ढुंगानाले बताए ।








