सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री पोखरेल

फागुन १८, धनुषा ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक विद्यालय बिरामी परेको बताएका छन् । 

आफूलाई सामुदायिक विद्यालय रुग्ण उद्योगजस्तो लागेको बताउँदै मन्त्री पोखरेलले भने, ‘३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।’ 

धनुषा गणेशमान चारनाथ नगरपालिका-९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उद्घाटनलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्ने बताए । 

शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो । यहाँ आगामी आर्थिक वर्षदेखि कृषि बाली विज्ञानको अध्ययन अध्यापन शुरू हुने प्रधानाध्यापक राजदेव यादवले बताए ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =