चर्चित फुटबलर रोनाल्डोलाई कोरोनाको आशंका !
२०७६ फागुन ३० गते

फागुन ३०, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको आशंकामा विश्व चर्चित फुटबलर एवं युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । चीनपछि सबैभन्दा धेरै कोरोना प्रभावित इटालीबाट हालै पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको हो।
युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको डेलीमेलले जनाएको छ।
रोनाल्डोले सहकर्मी रुगानीसँग कपडा फेर्ने कोठा प्रयोग गरेका थिए। कोरोना संक्रमित रुगानीसँग संगत गर्दा कोरोना सर्न सक्ने आशंकामा रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो।

२०७६ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








