जीवनलाई सार्थक बनाउन सहयोग गर्ने बुद्धका यी ८ वाणी

फागुन २१,  काठमाडौं । मानव जीवनलाई पूर्ण, सार्थक र सरल बनाउनका लागि गौतम बुद्धका वाणी निकै सहयोगी मानिन्छन् । सैयौं वर्ष पहिला बुद्धले भनेको वाणीहरु अझैं पनि उत्तिकै सान्दर्भिक छन् । यस्ता केही भनाइमध्ये तलका भनाइलाई व्यवहारमा लागू गर्ने हो भने मात्रै पनि हाम्रो जीवनमा बहार आउने कुरामा कुनै शंका छैन । 

१. जीवनको अन्त्यमा ३ वटा कुरामात्रै महत्वपूर्ण हुन्छन् । पहिलो, तपाईले अरूलाई कति माया गर्नु भयो भन्ने हो । दोस्रो, तपाईंले आफ्नो जीवन कति सरल र भद्र तरिकाले बिताउनु भयो भन्ने हो । तेस्रो, आफूसँग सरोकार नराख्ने कुराबाट कति मुक्त हुनु भयो भन्ने हो । 

२. खराव वा नकरात्मक मानिसबाट टाढा रहनु भयो भने तपाईको जीवनमा शान्ति आउँछ । 

३. स्वास्थ्य नै सबैभन्दा ठूलो उपहार हो । सन्तुष्ति नै सबैभन्दा ठूलो धन हो । विश्वासिलो साथी नै सबैभन्दा उत्तम नातेदार हुन् । दिमागलाई स्वतन्त्र राख्न सक्नु भयो भने स्वर्गीय आनन्द प्राप्त हुन्छ । 

४. प्रतिक्रिया दिन सिक्नु भन्दा उत्तरदायी हुन सिक्नुहोस् । 

५. तपाईंले आफूलाई माया गर्न सक्नु भएन भने अरुप्रति तपाईंले देखाउने करुणा अपूर्ण हुन्छ । 

६. सबै कुराको अन्त्य र शुरु हुन्छ । यो सत्यलाई बुझ्नु भयो जीवन सार्थक र सरल बन्छ । 

७. खतरनाक शत्रुले भन्दा आफूभित्रको खराब विचारले तपाईंलाई बढी हानी पुर्याउँछ । 

८. सांसारिक मोह वा आशक्तिका कारण नै मानिस दुखी हुने गर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *