पाटन अस्पताललाई सनराइज बैंकद्वारा २० थान पीपीई हस्तान्तरण

चैत १६, काठमाडौं । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिएको छ ।   

आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरेका हुन् ।   

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए । 

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ ।   

बैंकले गरेको यो  सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *