कोरोनाप्रति सावधानी : नोबेलले सुरु गर्‍यो ‘फेस डिटेक्टर’ हाजिरी

विराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो ।   

करिब १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिँदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औँठा छाप लगाउनुपर्ने हुनाले सङ्क्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । 

‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याइएपछि हाजिरी मार्फत हुने सङ्क्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरू पनि खुसी भएका छन् । ‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुनाले हाजिरीकै माध्यमबाट भाइरस सङ्क्रमणको जोखिम नहुने चिकित्सकहरूको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =