‘चपली हाइट ३’ को टिजर यस्तो बन्यो

फाेटाे स्राेतः गुगल 

फागुन २३, काठमाडौँ ।  नायिका  स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र  ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ ।   

शुक्रबार हाइलाईटस् नेपालले यूटुव मार्फत  ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरेको हो ।   

Image result for ‘चपली हाइट ३’

१ मिनेट ४३ सेकेण्डको उक्त टिजरमा चलचित्रको मुख्य पात्र स्वस्तिमा, सुपुष्पा, अर्पण थापा, आमिर गौतम लगायत कलाकार फिचरिङ गरिएको छ ।   

निकेश खड्काले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा, सुपुष्पा, आमिर, अर्पण सँगै ,महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहेको छ ।   

सस्पेन्स कथालाई प्रस्तुत गरिएको  ‘चपली हाइट ३’  अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको चलचित्र  हो ।  चलचित्रको प्रदर्शन मिति भने चैत्र २८ गते तय भएको छ ।   

https://youtu.be/ZMmNPIWAU6g 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =