सुनको भाउ एक्कासी यती धेरै घट्यो, किन्न ढिला नगर्नुस्

फागुन ३०, काठमाडौं । केही दिन देखी लगातार ओरालो लाग्दै गरेको सुनको भाउ आज शुक्रबार पनि तोलामा एक्कासी ३ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ८१ हजार ५ सय रुपैयाँ  कायम भएको  छापावाल सुन आज प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार हिजो प्रतितोला ८१ हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७८ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ४० रुपैयाँ घटेर  प्रतितोला ८ सय २० रुपैयाँले  बिक्रीबितरण भईरहेको  महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *