सिटिजन्स बैंकद्वारा जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग प्रदान

फागुन १८, काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा रहेको श्री जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम बैंकले औरही नगरपालिका —१ मा रहेको सो विद्यालयलाई ७०,००० रुपैंया आर्थिक सहयोग गरेको हो । 

विद्यालयमा भएको कार्यक्रममा सो सहयोग रकम हस्तान्तरण गरिएको बैकले जनाएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाको पठन पाठनमा सहज होस भन्ने उद्देश्यले विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको छ ।   

नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।   

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख सेवाग्राहीलार्ई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।                                                

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =