विदेशबाट आएकाहरु गाउँ घर तिर निर्बाध घुमडुल गर्न थालेपछि स्थानीय आतंकित

चैत्र १२ बागलुङ । विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरु अहिले गलकोट नगरपालिका भित्रका विभिन्न गाउँमा फर्किएपछि गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन् ।   

जापान, युरोप, कतार, मलेसिया, दुबई, साउदी अरेबिया लगायत छिमेकी देश भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु गाउँमा फर्किएपछि हिजोआज गाउँ घरका मानिसहरु आतंकित भएका  हुन् ।   

फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ(क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन । 

null

फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ ।   

विदेशबाट फर्केका र नेपालका विभिन्न सहरहरू बाट गलकोट आएका नागरिकहरुलाई गलकोट नगरपालिकाको कार्यालयले १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ ।   

यदि त्यसो नगरिएमा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।   

अहिले गलकोट नगरपालिका, स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाको पहलमा गल्कोटमा क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख गैरेले बताए ।   

विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण लाई रोक्न नेपाल सरकारले हिजो देखी नेपाललाई लक डाउन गरेको छ ।   

यो अवस्थामा घर बाहिर ननिस्कने, भिडभाड नगर्न, सवारी साधन नचलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले आम नागरिकहरुलाई अनुरोध समेत गरेका छन ।   

गलकोट नगरपालिकाको मुख्य बजार हटिया, हरिचौर लगायतका बजार क्षेत्र अहिले सुनसान देखिए पनि गाउँ घर तिर भने यसको प्रभाव अलि कम देखिएको छ ।   

मानिसहरू निर्बाध रूपमा घर बाहिर हिड्ने, सवारी साधन चलाउने गरेको भन्दै केही स्थानीयहरू आतंकित समेत बनेको बताएका छन् ।   

जनप्रतिनधि, सरोकारवाला निकायको यस प्रति बेलैमा ध्यान नजाने हो भने कोरोनाको प्रभाव पर्न सक्ने र माहामारी थप फैलिने भन्दै सोझा साझा जनताहरू चिन्तित बनेका हुन् ।   

अहिले लक डाउन लाई प्रभाबकारी रूपमा कार्यान्वय गर्न ईलाका प्रहरी कार्यालय हरिचौर, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाटीले गलकोट नगरपालिका भित्र गस्ती समेत सुरु गरेको छ ।   

यो अभियान लाई पूर्ण रूपमा पालना गरी कोरोना भाइरस विरुद्धको लडाइँमा एकजुट भएर लड्न गलकोट नगरपालिकाले आम नगर बासीमा अपील समेत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =