राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चैत्र ९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। उनीहरुबीच दिउँसो १२ बजे शीतल निवासमा भेटवार्ता भएको हो। उनीहरुबीच झण्डै २ घण्टा भेटवार्ता भएको थियो।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो नियमित भेटघाट भएको बताए। ‘राष्ट्रपतिलाई भेटेर अवगत गराउनुपर्ने प्रधानमन्त्रीको संवैधानिक दायित्व हुन्छ। त्यही सिलसिलामा शीतल निवास जानुभएको हो,’ उनले भने। 

उद्यपि कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका काम र संक्रमण फैलन नदिन गरेको तयारीबारे जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेको बताइएको छ। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्‍डारीबीच यो पहिलो भेटवार्ता हो। 

 भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको पनि जानकारी लिएकी थिइन्। कोरोनाको विश्वव्यापी संक्रमण फैलिएपछि र नेपालमा समेत जोखिम बढेपछि प्रधानमन्त्रीले सक्रियता ह्वात्तै बढाएका छन्। प्रधानमन्त्रीले आइतबार नै मन्त्रिपरिषद् बैठक पनि आह्वान गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *