कोरोना भाइरस : टेकुमा ५३० जनाको नमुना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

चैत्र ६, काठमाडौं । विश्वव्यापी रुपमा महामारी झैं फैलिरहेको कोरोना भाइरसको संक्रमणले नेपालमा भने अहिलेसम्म आक्रमण नगरेको नेपाल सरकारले बताउँदै आएको छ । तर पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको आशंकामा जचाउँन आउनेको संख्या पनि उत्तिकै रहेको छ पाइन्छ ।   

कोरोना भाइरस संक्रमण आशंकामा अहिलेसम्म ५३० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। 

प्रयोशालाका अनुसार बिहीबारसम्ममा ५३० जनाको नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ । अब १५ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि जनाएको छ । उक्त १५ वटा रिपोर्ट आज साँझसम्ममा आइसक्ने जनाइएको छ । 

प्रयोगशालाले कोरोना संक्रमण छ कि छैन भनेर थाहा पाउन बिरामीको मुख र नाकको स्वाब परीक्षण गर्ने गर्छ । कोरोनाको परीक्षण नेपालमा अहिले टेकुस्थित प्रयोगशालामा मात्र हुन्छ ।   

अन्य स्थानका अस्पतालमा पनि शंका लागेका बिरामीका नमुना यही प्रयोगशालमा पठाउने गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *