कर्मचारीको गुनासा सम्बोधन गर्नुपर्छ : मन्त्री त्रिपाठी

चैत्र २, काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले समायोजनमा परेका कर्मचारीको गुनासा सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले कर्मचारीको मनोबल गिराएर केही गर्न नसकिने भन्दै उनीहरुको गुनासो सम्बोधन गर्नुपर्ने बताएका हुन् ।   

‘प्रदेश लोकसेवाको र प्रदेश निजामतीको व्यवस्था संविधानमा गरिएको छ । समायोजन गर्दा संघबाट प्रदेश र स्थानीय तहमा कतिपयलाई जबरजस्ती पठाइएको छ उनले भने,कतिपय आफूखुसी गएका छन् । उनीहरुको समस्या र गुनासा सम्बोधन गर्नुपर्ने हुन्छ ।’   

उनले प्रदेश लोकसेवाले जाँच लिएको अधिकृत सचिव बन्न १२ वर्ष लाग्ने भन्दै तबसम्मका लागि यो कानुनले व्यवस्थापन गर्नुपर्ने बताए।   

उनले भने ‘स्थानीय तहका लागि लोकसेवा परीक्षा लिइयो । शाखा अधिकृत पास भएका केहीले नियुक्ति पत्र लिएनन् । यो गम्भीर विषय हो । मैले केहीलाई बोलाएर सोध्दा हाम्रो भविष्य छैन भन्ने उनीहरुको जवाफ छ,’   

मन्त्री त्रिपाठीले १३० स्थानीय तह अझै प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको पनि बताए । उनले प्रदेश सरकारहरूले पनि कर्मचारी माग गरिरहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *