४३ वर्षमा होटल एम्बेस्डरः लुम्बीनी र नगरकोटमा होटल हब सञ्चालनको तयारी

फागुन २४, काठमाडौं । एसिई होटल्सद्धारा सञ्चालित होटल एम्बेस्डरको ४२ औं वर्ष पुरा गरेको छ । सो अवसरमार होटलले विशेष कार्यक्रम गर्दै सुभेच्छुकहरुसँग शुभकामना आदानप्रदान गरेको छ ।   

राजधानी लैनचौरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनमा होटल ब्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै गुणस्तरीय र सुविधासम्पन्न होटल भए विदेशी पर्यटन आउन सहज हुने बताए । कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले होटलको प्रशंशा गरे ।   

एसिई होटल्सद्धारा सञ्चालित एम्बेस्डर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण शहरी सुविधा उपलब्ध गराउदै आएको छ । यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ ।   

होटलले सञ्चालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जापानीज खान मन पराउने माझ लोकप्रिय छ । त्यक्ति मात्रै होइन होटलले पाहुनालाई काठमाडौको बसाईमा योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत सञ्चालन गर्ने गरेको छ ।   

एसिई होटल अन्तर्गत क्लब हिमालयन र होटल एम्बेस्डर गरी दुई होटल सञ्चालनमा रहेका छन् । होटल एम्बेस्डर मा मात्रै करिब एक सय करोड लगानी रहेको छ । लगानी विस्तार कम्पनीले छिट्टै नै नयाँ हलहरु थप्ने योजना बनाएको बताइएको छ । 

त्यस बाहेक सिई कन्स्ट्रक्सनसँगको साझेदारीमा लुम्बिनी र नगरकोटमा होटल हब सञ्चालन गर्ने समझदारी समेत भएको छ । होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कक्प्लेकस, मुभि स्टेशनहरुपनि समावेश गरिएका हुन्छन् । यो एउटा महत्वाकांक्षी योजना हो । 

होटलका संस्थापक बसन्त बहादुर शाक्यले नेपालमा नेपालमा सेवा व्यवसायको अपार संभावना देखेर यो होटल सञ्चालनमा ल्याएका हुन् । ४२ वर्ष पहिले नै पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न ४ कोठे भवन निर्माण गरी त्यही जगमा उभिएर व्यवसायलाई निरन्तरता दिइएको छ ।   

बसन्तबहादुरले घर भाडामा लगाउने उद्देश्यले लैनचौरको जमिनमा पश्चिमा शैलीको चार कोठे भवन बनाएका थिए । त्यसबेला भवनमा व्यवस्थीत शौचालय सहितका ठूला ४ कोठा थिए । ईट्टाको पर्खाल लगाएर घेरीएको घरमा सुन्दर बगैचा र प्रसस्त जमिन थियो । अत्याधुनीक सुविधासम्पन्न भवनमा पहिलो पटक बेल नामका बेलायती दुतावासका कर्मचारी भाडामा बसेका थिए । नेपालमा घर बनाएर छोटो समयका लागि भाडामा दिने युगको थालनी यहिँबाट भएको थियो ।   

होटल तथा सेवा उद्योगको अपार सम्भावना देखेपछि शाक्यले आफ्नो चार कोठे घरलाई दश कोठा विस्तार गरी  १९७८ मा एम्बेस्डर होटलका नाममा दर्ता गराएका थिए । दर्तासंगै मुख्य भवनको दुवैतर्फ थप संरचना पनि थप्दै लगिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *