लिभरपुलको सिजनको पहिलो हार, वाटफोर्ड ३-० ले विजयी

फागुन १८, काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३-० ले हराएको हो । 

वाटफोर्डको जितमा इस्माइला सारले दुई गोल गरेका थिए भने ट्रोय डीनेले एक गोल गरेका थिए । वाटफोर्डले तिनै गोल दोस्रो हाफमा गरेको थियो । 

यो हारसँगै लिभरपुलको लगातार १८ खेलमा जितको ब्रेक लागेको छ भने ४४ खेलसम्म अपाराजित रहेकोमा पनि ब्रेक लागेको छ । साथै लिभरपुलले २०१९ को मार्च पछी पहिलो पटक कुनै खेलमा गोल गर्न असफल भएको छ । 

जितसंगै वाटफोर्ड रेलिगेशन जोन भन्दा एक स्थान माथि उक्लिएको छ । उसले २७ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *