एनएमबि बैंक र सस्तो डिलबीच सहकार्य, १५ प्रतिशत कोरोना कोषलाई दिने

चैत्र १८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न सस्तो डिलसँगको सहकार्यमार्फत एनएमबी बैंकले १५ प्रतिशत रकम कोरोना कोषलाई दिने भएको छ ।  कोरोनाबाट प्रभावितहरुलाई सहयोग पुयाउने उदेश्यले एनएमबी बैंकले सस्तो डिलसँग सहकार्य गरेको जनाएको छ ।   

जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोरोना सहायता कोषमा योगदान बैंकले जनाएको छ ।   

दैनिक ज्यालादारीमा कार्यरत मजदुरवर्ग तथा कर्मचारीवर्गलाई सहयोग होस भनी सो सहकार्य गरिएको हो । जसको जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको छ उनीहरुलाई यो सहयोगले मदत पुग्ने बैंकको विश्वास रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *