ललिता निवास जग्गा प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने अल्टिमेटम

फागुन २३, काठमाडौं । बालुवाटारस्थित लालिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन विशेष अदालत काठमाडौंले १५ दिने म्याद जारी गरेको छ । 

त्यस्तै अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । 

अख्तियारले पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । 

त्यस्तै अख्तियारले पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । 

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ । 

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गत माघ २२ गते गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । उनीहरू मध्ये ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *