३५ रुपैयाँ तलबमा काम गर्ने रोहित आज एउटा फिल्मबाट लिन्छन् यत्राे रकम !

चैत १, काठमाडौं । रोहित शेट्टी बलिउड फिल्मका अलराउण्डर निर्देशकका रुपमा चिनिन्छन् । चाहे कमेडि होस् या एक्सन, रोहित दुवै फिल्म बनाउनमा रुचि राख्छन् । 

रोहित आज फिल्म इन्ड्रष्टिका दिग्गज फिल्म निर्माता हुन् । उनले अक्षय कुमार, अजय देवगण र रणवीर सिंह जस्ता कलाकारसँग काम गरिसकेका छन् । 

जब उनी इन्ड्रष्टिमा आएका थिए, उनको हालत अर्कै थियो । उनको जन्म १४ मार्च १९७६ मा मुम्बईमा भएको थियो ।  

चलचित्र निर्देशक रोहितले एक अन्तर्वार्तामा आफ्नो जीवन संघर्षबारे बताएका छन् । उनका अनुसार स्कूले जीवनदेखि नै उनको संघर्ष सुरु भएको थियो । उनी बिहान ५ः४९ को लोकल ट्रेनबाट अँधेरी पुग्थे । त्यसपश्चात दोस्रो ट्रेनबाट सेन्टा क्रूज पुग्थे । त्यसपछि घाममा पैदल हिँडेर बल्ल स्कूल पुग्थे । 

रोहितको वास्तविक संघर्ष तब सुरु भयो जब उनको पीताको निधन भयो । राेहितका लागि जीवन जिउन मुश्किल भयो । उनकी आमाले उनको पालनपोषण गर्न काम सुरु गरेकी थिइन् । 

आज उही रोहितको फिल्म सजिलै १०० करोडको क्लबमा जान्छ । यति मात्रै होइन, उनी इन्ड्रष्टिका एक्ला यस्ता अभिनेता हुन् जसको सबैभन्दा ज्यादा फिल्मले बक्स अफिसमा १०० करोडभन्दा ज्यादा व्यापार गरेको छ । 

तर यो कसैलाई थाहा नहुन सक्छ कि रोहित सुरुवाती दिनमा कति कमाउँथे । उनका अनुसार करिअरको सुरुवाती दिनमा उनी महिनाको ३५ रुपैयाँ तलबमा काम गर्थे । उनले मेहनतबाट यति ठुलो सफलता हासिल गरे । अहिले उनी एउटा फिल्म निर्देशनबाट १५ करोडसम्म लिन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *