आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

पोखरा । १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।  

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । 

योसँगै मनाङले छैटौं पटक आहा ! रारा गोल्डकपको उपाधि जितेको छ । 

उपाधिसँगै मनाङले १० लाख १ हजार  रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । 

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *