जुवाखालबाट ४ महिलासहित ५ जना प्रहरीको नियन्त्रणमा

फाेटाेः गुगल 

चैत्र ४, काठमाडौँ । रुपन्देहीको बुटवलमा जुवाखालबाट ४ महिलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

प्रहरीका अनुसार बुटवलको सुख्खानगरस्थित एक घरमा जुवा खेली रहेको अवस्थामा ४ महिलासहित ५ जनालाई नियन्त्रणमा लिईएको हो ।   

Image result for जुवाखालबाट ४ महिलासहित ५ जना प्रहरीको नियन्त्रणमा

पक्राउ परेका उनीहरुको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।   

उनका अनुसार समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । नियन्त्रणमा लिईएको पाँचै जनामाथी कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *