जुवाखालबाट ४ महिलासहित ५ जना प्रहरीको नियन्त्रणमा
२०७६ चैत ४ गते

फाेटाेः गुगल
चैत्र ४, काठमाडौँ । रुपन्देहीको बुटवलमा जुवाखालबाट ४ महिलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बुटवलको सुख्खानगरस्थित एक घरमा जुवा खेली रहेको अवस्थामा ४ महिलासहित ५ जनालाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
उनका अनुसार समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । नियन्त्रणमा लिईएको पाँचै जनामाथी कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








