फुर्सदमा रहेकी वर्षा भन्छिन्, ‘मलाई भिटामिन ‘यू’ को आवश्यकता छ’

चैत्र ७, काठमाडौँ । चलचित्र  ‘परदेशी २’को छायांकन स्थगित भएपछी नायिका वर्षा सिवाकोटी अहिले फुर्सदिलो भएकी छिन् ।   

आफ्नो फूर्सदको समय सदुप्रयोग गर्दै अहिले सामाजिक संजालमा निकै सक्रिय रहेकी वर्षाले माहोल नै गर्मी बनाउने केही तस्वीर सार्वजनिक गरेकी छिन् ।  

सामाजिक संजालमा उक्त तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘मलाई भिटामिन ‘यू’को आवश्यकता छ ।’ उनले  भिटामिन ‘यू’ भनेर के भन्न खोजेकी हुन् त्यो भने प्रस्ट पारेकी छैनन् ।  सार्वजनिक तस्वीर मा उनी निकै हट र बिन्दास देखिएकी छिन् ।   

Image may contain: 1 person, closeup

केही महिना अघि पनि उनले विकिनीमा केहि तस्वीर पोष्ट गरेकी थिईन् ।  विकिनीमा निकै हट देखिएकी वर्षाको उक्त तस्वीरले निकै चर्चा कमाएको थियो ।   

कोरोना भाइरसका कारण नेपाल चलचित्र निर्माता संघले हाललाई कुनै पनि चलचित्र छायाँकन नगर्न आग्रह गरेपछी चलचित्र  ‘परदेशी २’को छायाँकन स्थगित गरिएको हो ।कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न भन्दै संघले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण चलचित्रको छायाँकन  रोक्न आग्रह गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *