बलिउड सुपरस्टार दिलिप कुमार क्वारेन्टाइनमा

चैत्र ४, काठमाडौँ । बलिउडका एक समयका सुपरस्टार दिलिप कुमारले आफू क्वारेन्टाइनमा बसेकाे जानकारी गराएका छन् ।
९७ वर्षका दिलिप कुमार कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने चाही होईनन् ।
उनले कोरना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । क्वारेन्टाइनमा बसेका दिलिपले आफ्नो रेखदेख उनको श्रीमती सायरा बानुले राम्रोसँग गरेको जानकारी गराएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा आफ्ना प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न आग्रह गर्दै लेखेका छन्, ‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन्, ।’
उनी थप्छन्, ‘कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ,’ उनले भने । ‘स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् ।’
अहिले माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा एक सय भन्दा बढीमा देखिएको छ भने यसको संक्रमणबाट ३ जनाको मृत्यु भईसकेको छ ।








