भारतमा पनि भोकै छन् मजदुर, हिँडेरै घर फर्कदै गर्दा एकजनाको मृत्यु

सांकेतिक तस्विर 

चैत्र १७, नयाँ दिल्ली । भारतमा घर फर्कने क्रममा एक मजदुरको बाटैमा मृत्यु भएको छ । 

कोरोना महामारी रोकथामका लागि भारतमा जारी लकडाउनका कारण काम बन्द भएपछि र पैसा सकिन थालेपछि हालै नयाँ दिल्लीमा मजदुरी गरिरहेका रणवीर सिंह आफ्नो घर मध्यप्रदेश राज्यको मोेना जिल्लाका लागि हिँडेका थिए । उनले २ सय ८८ किलोमिटरको दुरी हिँडेरै तय गर्ने विचार गरेका थिए। तर हिँड्दा हिँड्दै उनको बेहोस भएर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

रणवीर बिच बाटोमा चिया पिउन रोकिएका थिए। चियाँ पिउँदै गर्दा उनले दोकानदारसँग आफ्नो छाती दुखेको बताएका थिए। त्यसको केहीबेरमै उनको निधन भएको हो ।  

हालसम्म भारतमा एक हजार ७१ जना कोरोनाबाट बिरामी परेका छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको त्राससँगै गतहप्ताको बुधबारदेखि २१ दिनसम्म भारत लकडाउन गरिएको छ। लकडाउनपछि गरिब मजदुरहरुले अधिक दु:ख पाएका छन्। 

यसबीचमा त्यहाँ दैनिक मजदुरी गरेर खानेहरु भोकभोकै बस्न बाध्य भएका छन्। उनीहरु घर फर्कन पनि सकिरहेका छैनन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *