निर्भया काण्डः अदालतले आज जारी गर्नसक्छ अन्तिम ‘डेथ वारेन्ट’

फागुन २२ ।  कानूनी विकल्पको आडमा दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भयाका बलात्कार र हत्याका दोषीको सबै कानूनी विकल्प समाप्त भएका छन् । राष्ट्रपति रामनाथ कोबिन्दले बुधबार दोषी पवन गुप्ताको दया याचिका खारेज गरेका छन् । त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि पटियाला हाउसको र्ट पुगेको छ । 

एडिशनल सेशन जज धर्मेन्द्र राणले चारै दोषीलाई नोटिस जारी गरेर बिहिबारसम्म जवाफ मागेका छन् । अदालतले सम्भवतः आज अर्थात् बिहिबार अन्तिम डेथ वारेन्ट जारी गर्नेछ । निर्भयाका पिताले यसपटक दोषी मृत्युदण्डबाट उम्कने नसक्ने आशा व्यक्त गरेका छन् । 

राष्ट्रपति रामनाथ कोबिन्दले दोषी पवन गुप्ताको दया याचिका बुधबार खारेज गरेका थिए । उनीसँग मृत्युदण्डको सजायबाट बच्नका लागि अन्तिम कानूनी विकल्प थियो । सर्वोच्च अदालतले सोमबार क्यूरेटिव पिटिशन खारेज भएलगत्तै पवनले राष्ट्रपतिलाई दया याचिका पठाएका थिए । यसै आधारमा ट्रायल कोर्टले दोषीको मृत्युदण्ड तेस्रो पटक रद्द गरेको थियो । 

पवनले जन्मकैदको आग्रह गरेका थिएः 

दोषी पवनले सर्वोच्च अदालतमा क्यूरेटिव पिटिशन दर्ता गरेर मृत्युदण्डको सजायलाई जन्मकैदमा परिवर्तन गर्न आग्रह गरेका थिए । यो खारेज गर्दै जस्टिस एनवी रमनाको अध्यक्षता भएको पाँच न्यायाधीसको बेन्चले सजायमाथि पुनर्विचार गर्नेबारे कुनै प्रश्न नउठ्ने बताएका थिए । यसअघि राष्ट्रपतिले अन्य तीन दोषी अक्षय, विनय र मुकेशको दाया याचिका पहिले नै खारेज गरिसकेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *