टेकु अस्पतालबाट भागेका व्यक्ति विराटनगरमा !

फागुन २२, काठमाडौं । अस्पतालको झ्यालबाट हाम फालेर भागेका कोरोना भाइरसको आशंका गरिएका व्यक्ति विराटनगर पुगेका छन् । कोरोनाको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भनाए भएका सुनसरीका ती व्यक्ति राति नै अस्पतालको झ्यालबाट हाम फालेर भागेका थिए ।   

ती व्यक्तिले बोक्दै आएको फोनका आधारमा उनी विराटनगर पुगेको प्रहरी श्रोतले बतायो । उनको फोन ट्रयाक गर्दा उनि विराटनगर पुगेको देखाएको हो  । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ ।   

सुनसरीको इटहरी घर भएका उनी गएराति साढे ८ बजे अस्पतालको झ्यालबाट हाम फालेर भागेका थिए ।   

प्रहरीका उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल पुर्याएका थिए ।   

चेकजाँचपछि अस्पतालले उनलाई भर्ना गरेपछि गएराति अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =