स्व. केशव भट्टराईको परिवारलाई १० लाख सहयोग

चैत्र ४, काठमाडौँ । आईतबार चलचित्र विकास बोर्डका अध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ  हस्तान्तरण गरिएको छ । 

अध्यक्ष स्व. भट्टराईको परिवारलाई विदेशमा रहेका कलाकर्मीले संकलन गरी पठाएको  १० लाख सात हजार ९६० रुपैयाँ वरिष्ठ कलाकार नीर शाहले उनको श्रीमती  निता भट्टराईलाई हस्तान्तरण गरेको हो । 

अमेरिकामा बस्दै आएका निर्देशक एवम् संचारकर्मी सुरेश दर्पण पोखरेलको विशेष सक्रियतामा अमेरिका, बेल्जियम र क्यानडामा रहेका कलाकर्मीहरुले  सहयोग स्वरुप उक्त रकम पठाएका थिए ।   

निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक एवम् संचारकर्मी रमेश पोखरेल, निर्देशक सूर्य बोहोरा, सञ्चारकर्मी प्रकाश सुवेदी, कलाकार नवराज श्रेष्ठ लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *