किन्ने होइन त ? ह्वात्तै घट्यो सुनको मूल्य

फागुन १८, काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

गत शुक्रबार तोलामा ७९ हजार २ रुपैंयामा कारोवार भएको छापावाल सुन आज १२ सय रुपैंयाले घटेको हो । त्यस्तै तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ भने, चाँदी प्रतितोला ८ सय ६० रुपैंयामा कारोवार भइरहेको महासंघले जनाएको छ ।   

चाँदी प्रतितोला २० रुपैंयाले घटेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *