एभर्टनमाथि चेल्सीको फराकिलो जित

फागुन २६, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा चेल्सीले एभर्टनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

चेल्सीको जितमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे । एभर्टनविरुद्धको खेलमा चेल्सीका १८ वर्षे मिडफिल्डर टिनो अन्जोरिनले प्रिमियर लिगमा डेब्यु गरे । खेलको ७१ औं मिनेटमा उनी विलियनको स्थानमा मैदान छिरेका थिए । 

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *