दूध बोकेर जाँदै गरेकी लक्ष्मीको ट्रकको ठक्करबाट मृत्यु
२०७६ चैत ४ गते

फाेटाेः गुगल
चैत्र ४, चितवन । मंगलबार बिहान चितवनमा साइकलमा दुध बोकेर जाँदै गरेकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
प्रहरीका अनुसार भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकको ठक्करबाट ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको हो ।

उनलाई ठक्कर दिने चक र चालकलाई नियन्त्रणमा लिई कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








