ध्यान राख्नुहाेस् नयाँ लुगा नधोई लगाउदा स्वास्थ्यमा पुग्छ यस्तो असर

फाेटाेः गुगल 

चैत्र ९ ।  धेरै जसो मानिसहरु नयाँ कपडा किने पश्चात नधोई लगाउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको हुन्छ । डर्मटाइटिस” नामक एलर्जी जब हाम्रो छालामा एलर्जी गराउने तत्व, “एलर्जेन” सँग सम्पर्कमा आउँछ तब डर्मटाइटिसको लक्षण देखा पर्न थाल्छ । तर यसको असर संक्रमण हुने बित्तिकै नदेखिएर ढिला रियाक्सन गर्दछ । 

‘प्रायः डर्मटाइटिस हामीले लगाउने लुगाबाट सम्पर्कमा आउने गर्दछ । र विशेषगरी सिन्थेटिक कपडा जस्तै नाइलन र पोलिस्टरका लुगाहरुमा प्रयोग गरिने रङमा हुने गर्दछ । यसरी नधोइएको नयाँ लुगाहरुमा यो एलर्जेन उच्च स्तरमा हुने गर्दछ । यसरी संवेदनशील छालामा पर्दा त यसले झन् धेरै असर गर्न सक्छ । 

Image result for नयाँ लुगा

यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नयाँ लुगा किनेपश्चात त्यसलाई धोएर मात्र लगाउनु पर्छ। यसले कपडाबाट अतिरिक्त रङ कम गर्दै हाम्रो छालासँग एलर्जेनको सम्पर्क न्युन गराउन सक्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =