कोरोना उपचारमा संलग्न इटालीका ५१ डाक्टरको मृत्यु

चैत्र १५, काठमाडौं। इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु भएको छ। महामारी फैलिए यता इटालीमा कोरोना संक्रमितको उपचारमा खटिएका ५१ चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ। 

इटलीको सर्जन तथा दन्तचिकित्सकको महासंज्ञले कोभिड-१९ बाट मृत्यु हुने क्रम बढिरहेको उल्लेख गर्दै अरु घातक घटनाहरु आउनसक्ने चेतावनी दिएको छ। इटलीमा कोरोना भाइरसको उपचारमा खटिएका एक एपिडियोलोजिस्ट, एक सेवा निवृत्त डाक्टर, बाल रोग विशेषज्ञ र विशेषज्ञ डाक्टरसको समेत मृत्यु भएको छ। 

महासंघले मृत्यु हुनेहरुको सूची सार्वजनिक गर्दै कोभिड–१९ को उपचारमा खटिएका चिकित्सककै मृत्यु ‘सबैका लागि एक सबक’ भएको बताएको छ। इटलीमा शनिबारसम्म ८६ हजार ५ सय कोरोना संक्रमित भइसकेका छन्। 

जसमध्ये ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ। इटलीमा कोरोना भाइरको संक्रमितको उपचारमा हजारौं स्वास्थ्यकर्मी खटिएका छन्। यसरी उपचारमा खटिएका ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा समेत कोरोना भाइरस पोजेटिभ देखिएको छ। 

डाक्टर तथा नर्सहरुले उपचारका क्रममा दिनरात खटिनुपर्ने अवस्था रहेको भन्दै सरकारसँग अधिक मास्क, पञ्जा र सुरक्षात्मक चस्मा उपलब्ध गराउन माग गरिरहेका छन्। एउटा निजी मेडिकल सञ्चालन गर्दै आएकी डा. फ्रान्सेस्का डि गिन्नारोले आफूकहाँ काम गर्ने ४ सय ६० जनामध्ये ९० जनामा कोरोना संक्रमण पाइएको बताए। 

उनले सरकारलाई खुला पत्र लेखेर स्वास्थ्य उपकरणको माग गरेकी छन्। उनले लेखेकी छन्, ‘हामीलाई एक्लै नछाड्नुहोस्। हामीलाई सहयोग गर्नुहोस्, हामी तपाईलाई सहयोग गर्छौ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *