एमबाप्पेको सानदार ह्याट्रिक, पीएसजी पुग्यो फाइनलमा

फागुन २२, काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) सानदार जित सहित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । फ्रेन्च युवा फरवाडै केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पीएसजी फाइनलमा पुगेको हो ।   

गएराति भएको खेलमा पीएसजीले लियोनलाई ५-१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा ब्राजिली स्टार नेयमार र पाब्लो सारावियाले पनि समान १ गोल गरे । घरेलु टोलीका मार्टिन टेररले एक गोल गरे । 

अब पीएसजीले उपाधिका लागि सेन्ट इटिने र रेनिसबीचको विजेतासँग २६ अप्रिलमा खेल्नेछ । यी दुई टोलीबीच आज सेमिफाइनल खेल हुदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *