मकवानपुरमा ६ किलोबढि सुनसहित एक पक्राउ
मकालु खबर
२०७६ फागुन २० गते
फागुन २०, काठमाडौँ । मकवानपुरमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसमा ६ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा हेटौंडा-१५ रातोमाटेमा अवैध ६ किलो भन्दा बढि सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको हो ।
बरामद गरिएको सुनको मूल्य नेपाली बजारमा ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबर रहेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले बताए । उनका अनुसार सुन ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याईएको अवस्थामा बरामद गरिएकाे थियो ।
पक्राउ परेका अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन २० गते
प्रतिक्रिया