प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिँदै

फागुन ३०, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गर्ने जनाएको छ ।   

फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्रीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले आज साँझ डिस्चार्ज गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।   

यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *