वीपी प्रतिष्ठान धरानबाट पठाइएको सबै कोरोना रिपोर्ट नेगेटिभ
चैत्र १७, धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षणका लागि काठमाडौ पठाएको सबै नमुनाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ ।
हिजो आईतबारसम्म वीपी प्रतिष्ठानबाट काठमाडौं पठाइएका १९ वटै नमुना कोरोनो नेगेटिभ देखिएको हो ।
प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका १९ जनाको थ्रोट परीक्षणमा कोरोना नेगेटिभ देखिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले बताए । प्रतिष्ठानको कोरोना हेल्प डेक्समा कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परीक्षणमा आएकाहरुको संख्या ९८ पुगेको छ ।
प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका १० जना मध्ये ६ जना डिस्चार्ज भइसकेका छन् । चार जना चैं आईसोलेसन वार्डमा रहेका छन् । प्रतिष्ठानको हेल्प डेक्समा आएका मध्ये ९ जना सरकारी क्वारेनटाईनमा र बाँकी ७९ जनालाई सेल्फ होम क्वारेन्टाईनमा पठाइएको थियो ।
हिजोबाट प्रतिष्ठानले आफैं कोरोना ल्याब सञ्चालन गरेकोमा अब एक नं. प्रदेशका अस्पतालहरुमा संकलन भएको कोरोना परीक्षण राजधानी ल्याउनु पर्ने बाध्यता हटेको छ ।