आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

फागुन १८, काठमाडौं । देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेकले केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।   

महाशाखाका अनुसार देश पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अपरान्हपछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।   

यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।   

null

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान 

फागुन १८गते (आइतबार) 

दिउँसोः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ। उच्च पहाडी तथा हिमालि भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोछ । 

रातीः देशकोपहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

फागुन १९गते (सोमबार) 

दिउँसोः देशकोपुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमीपहाडका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

रातीः देशकोपुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

फागुन २०गते (मंगलबार) 

दिउँसोः देशकोपुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पश्चिमी  पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

रातीः देशकोपुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी  पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *