काठमाडौँमा २० हजार घुस लिने सुपरभाइजर परे अख्तियारको फन्दामा
२०७६ चैत ३ गते

फाेटाेः गुगल
चैत्र ३, काठमाडौँ । काठमाडौँमा सेवाग्राहीसँग २० हजार घुस लिने एक सुपरभाइजरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग २० हजार घुस लिने काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई अख्तियारले पक्राउ गरेको हो ।
![]()
टङ्गालबाट खटिएको आयोगको टोलीले घुस लिई रहेको अवस्थामा दाहाललाई रंगेहात पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । प्रवक्ता कोइरालाका अनुसार पक्राउ परेका दाहालमाथि कारवाहीको लागि थप अनुसन्धान भइरहेको छ ।
२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








