कोरोना भाइरसबाट लण्डनमा एक नेपालीको मृत्यु

चैत्र १२, काठमाडौं। लण्डनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। तीन दिनअघि ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको थियो। उनको कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ। 

लण्डनबाट अर्याल उपचाररत रहेको अस्पताललाई उद्धृत गर्दै पत्रकार भगीरथ योगीले दिएको जानकारीअनुसार निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरोना भाइरसका कारण उनको निधन भएको पुष्टि गरेको समाचार देशसञ्चारले लेखेको छ।  

चितवन बसेनीका ४० वर्षीय अर्याल लण्डनको साउथ इस्ट क्षेत्रमा बस्थे। शनिबार बिहान अचानक अस्वस्थ भएका स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्‍याइएका अर्यालको सोमबार निधन भएको थियो। अर्याल श्रीमती तथा एक छोरा र एक छोरीसहित लण्डनमा बस्दै आएका थिए। 

यसअघि लण्डनकै ह्यारोका ६५ वर्षीय लीलाबहादुर राईको पनि कोरोना भाइरसका कारण निधन भएको थियो। ६५ वर्षीय राई भूतपूर्व गोर्खा सैनिक थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *