प्रहरीकै कारण पक्राउ परेकी गायिका अस्थाले गरिन् प्रहरीको प्रशंसा

फागुन २६, काठमाडौँ । केही समयअघि प्रहरीकै कारण बिवादमा तानिएकी गायिका आस्था राउतले  प्रहरीको प्रशंसा गरेकी छिन् ।   

उनले आईतबार  अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा आफूले महिला प्रहरीसँग खिचेको फोटो सोसल मिडियामा सेयर गर्दै  प्रहरीको प्रशंसा गरेकी हुन् । 

उनले महिला प्रहरीसँग नेपालगञ्ज विमानस्थलमा खिचिएको फोटो  सोसल मिडिया फेसबुकमा  सेयर गर्दै लेखेकी छिन्, फेसबुकमा ‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ ।   

केही समय अघि उनले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी एक महिला प्रहरीलाई अभद्र व्यवहार गरेपछी उनी बिवादमा तानिएकी थिईन् ।  उक्त महिला प्रहरीले उनी बिरुद्ध उजुरी गरेपछी उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । पछी उनलाई ४ हजार धरौटीमा छोडिएको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =