कोरोना त्रासः ‘नेपाल काठमाडौं मात्रै हो भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ’

चैत्र १२, काठमाडौं। नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको सरकारी कदमको स्वागत गर्दै कोरोना परीक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ। काँग्रेस नेता डा. शेखर कोइरालाले भाइरसको परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक सामाग्रीहरूको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।   

उनले स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्रीको अभाव पूर्ति गर्नमा सरकारले ढिलाइ गर्न नहुने नेता डा. कोइरालाको भनाइ रहेको छ। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यतिवेला हामी कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा छौँ। सरकारले देशैभर लकडाउन गरेर राम्रो काम गरेको छ। कोरोना भाइरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागी अत्यावश्यक पीपीई तथा (एन-९५) मास्कको अभाव छ। अर्कोतर्फ कोरोनाको स्वाब टेस्टको लागी देशभरबाट काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ।’ 

उनले राजधानी बाहिर रहेका मानिसहरूमा कोरोना परीक्षणका लागि समस्या रहेको उल्लेख गर्दै सरकारले यथाशीघ्र त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। प्रत्येक प्रदेशमा कोरोना स्वाब टेस्टको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भनेका छन्, ‘स्थल मार्ग र हवाई मार्ग बन्द छन्। यस्तो अवस्थामा नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने मानसिकताबाट बाहिर निस्केर सरकारले कम्तीमा स्वास्थ्यकर्मीहरुका लागी अत्यावश्यक सामग्री र कम्तीमा सबै प्रादेशिक अस्पतालहरूमा कोरोना भाइरस टेस्ट गरिने व्यवस्था गर्नुपर्छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *